नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
भन्सार छलेर ल्याईएको अवैध सामान बरामद

असोज १९, बर्दिया । अवैध रुपमा भन्सार छलेर ल्याईएको  बिभिन्न सामानहरु जिल्ला प्रहरी कार्यालय बर्दियाले बरामद गरेको छ ।

प्रहरी चौकी भिम्मापुर बर्दियाबाट खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. ६ टपरा स्थित साईकलमा भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मुल्य रू.२०,००० बराबरका फेन्सी, कस्मेटिक, तथा भाडाकुडा सामानसहित पक्राउ गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया जिल्ला प्रहरी कार्यालय बर्दिया पठाईएको छ ।

5 Oct 2021 , 3:18pm
हाम्रो आवाज