असोज- २२, बाँके । नेपालगन्ज भेरी अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन जना महिला र एक पुरुष रहेका छन् ।
भेरी अस्पतालमा उपचाररत दंगी शरण गाउँपालिका १ दाङकी ३७ बर्षीया महिला रहेकी छिन भने अर्को मृत्यु हुनेमा बारबर्दिया ११ बर्दियाकी ४२ बर्षीया महिला, राजापुर नगरपालिका ४ की ५२ बर्षीया महिला र राजापुर नगरपालिका ८ का ३५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताएका छन ।
यसका साथै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ३३५ र बाहिरी जिल्लाका मृतकको संख्या ४२३ पुगेको छ ।