नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
१५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका 

असोज २५, काठमाडौँ । कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११र१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले रातोपाटीलाई बताए । एसपी दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् । 

11 Oct 2021 , 12:03pm
हाम्रो आवाज