नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
नेपाल मुस्लिम बुद्धिजीवी समाज को आयोजनामा (यु. पी.आर) सम्बन्धी एक दिवसीय तालिम सम्पन्न

मंसिर-१८

 

बाँके -नेपाल मुस्लिम बुद्धिजीवी समाज को आयोजना मा आज यूनिवर्सल पीरियोडिक रिव्यु (यु. पी.आर) अर्थात (सामयिक मानवधिकार समीक्षा) सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ ।

 

नेपालगन्ज को सुनाखरी कॉटेज मा आयोजना गरिएको उक्त तालिम मा पत्रकार ,अधिकारकर्मी तथा अन्य क्षेत्र बाट छनौट गरिएका करिब १५ जना को सहभागिता रहेको थियो ।

 

राज्य बाट उपेक्षित सीमान्तकृत, अल्पसंख्यक समुदाय को हक अधिकार को प्रत्याभूति सम्बन्धी बिषय को सामयिक समीक्षा गरी मानव अधिकार को संरक्षण संवर्द्धन र प्रत्याभूति का लागि सामुदायिक स्तर बाट व्यक्तिगत रूपमा मानव अधिकार को अवस्था लाई मापन गरी सम्बन्धित बिषय मा बहस तथा पैरवी गर्न सक्ने जनशक्ति तैयार गर्ने उद्देश्य ले (यु. पी.आर) तालिम को आयोजना गरिएको नेपाल मुस्लिम बुद्धिजीवी समाज का संयोजक, शक्ति कुमार बंशकार (अब्दुल कवि) ले बताएका छन ।

 

नेपाल मा मानव अधिकार को फ़ितलो अवस्था र यस बिषय मा नागरिक सचेतना लाई प्राथमिकता मा राखी समय सापेक्ष रूपमा यस्ता तालिम को आवस्यकता रहेको तालिम मा सहभागी प्रशिक्षरती हरू ले बताएका छन । 

 

हाल सम्म बिभिन्न संघ संस्था हरू को आयोजनामा मानव अधिकार सम्बन्धी बिषय मा भएको बिभिन्न तालिम हरू मध्य यो नौलो र अति जानकारी मूलक तालिम रहेको तालिम मा सहभागी प्रशिक्षार्थी हरू ले बताएका छन ।

4 Dec 2021 , 9:24pm
हाम्रो आवाज