नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

NepaliNP
धादिङको पहिरोमा मृत भेटिएका एकजनाको सनाखत

धादिङ, माघ २ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्दा डोजरसँगै पुरिएका ३ जना मध्ये मृत भेटिएका एकजनाको पहिचान खुलेको छ । शनिवार पहिरो पन्छाउने क्रममा मृत भेटिएका काभ्रे घर भएका राजु तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए । बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खसेपछि डोजर सहित ३ जना पुरिएका थिए ।

मृत भेटिएका राजु तामाङका आफन्त घटनास्थलमा पुगेका छन् । शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको डिएसपी भण्डारीले बताए । पहिरोमा परेका अन्य दुईजनाको अवस्था अझै अज्ञात छ । पहिरोमा पुरिएर डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङ बेपत्ता भएका छन् ।

16 Jan 2022 , 11:52am
हाम्रो आवाज