नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
एकै परिवारको चार जनाको रहस्यमय मृत्यु

माघ -२, बाँके । एकै परिवारका चार जनाको रहस्यमई मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चिरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेत ले जनाएको छ ।

सुर्खेत प्रहरीको अनुसन्धान अनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा निस्सासीएर उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ ।  

 

16 Jan 2022 , 4:24pm
हाम्रो आवाज