नेपाली समय:

वि.सं २०८१ जेठ ७   सोमवार

NepaliNP
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यवनका लागि बाँकेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चैत-१०, बाँके -निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यवन र सरोकार वालाको भुमिका भन्ने विषयमा आज बिहिबार बाँकेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 

निर्वाचन आयोग नेपाल, र नेपाल कानुन समाज द्वारा निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारी को अध्यक्षतामा नेपालगन्जको स्वास्तिक कॉटेजमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवाली,निर्वाचन आयोग नेपालका उपसचिव लक्ष्मी शर्मा ,नेपाल कानूनी समाजका सदस्य अधिवक्ता पदम पाण्डे, नागरिक संवाद केन्द्र,बुटवलका प्रमुख हेमा न्यौपाने लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि सुरक्षा निकायका प्रमुख,पत्रकार र अधिकार कर्मीहरूको सहभगिता रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गराउन सबै पक्षले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यवयन र पालना गर्न आवश्यक रहेको बताएका छन ।

यस अन्तर्क्रिया कार्यक्रममा निर्वाचन आचार संहितामा उल्लेख भएका बिषयमाथि छलफल गरिएको हो । 

निर्वाचन अवधिमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयनका लागि सरोकारवाला ले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने भएकोले सरोकारवाला यस बिषयमा गम्भीर भएर लाग्नु पर्ने प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवाली ले बताएका छन ।  साथै निर्वाचन आचारसंहिताको पालना गर्न हामी सबैको नैतिक दायित्व नभएर कानुनी दायित्व भएकोले सबैले अनिवार्य यसको पालना गर्नु पर्ने बताएका छन ।

24 Mar 2022 , 6:38pm
हाम्रो आवाज