नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

बेनी, २७ चैत (रासस) । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् । 

राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् । 

नेपाली कांग्रेसले १७, नेकपा ९माओवादी केन्द्र०ले १४ र नेकपा ९एमाले०ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् । 

वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् । 

माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुनःनिरन्तरता दिन टुङ्गो लगाएको छ ।  हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन ः अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन ः उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी हुनुहुन्छ । 

एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत हुनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिनुभएको छ । 

मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुनः सोही पदमा दोहो¥याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाउनुभएको छ । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यसपटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा हुनुहुन्छ । धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालसमेत पार्टीबाट पुनःउम्मेदवार बन्न इच्छुक हुनुहुन्छ ।  

कांग्रेसबाट निर्वाचित जनप्रतिनि पनि पुनः उम्मेदवार बन्ने प्रतिस्पर्धामा हुनुहुन्छ । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएकामध्ये रघुगङ्गा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाअध्यक्षमा चुनिनुभएको थियो । 

बेनीनगरपालिका–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडासदस्य रहनुभएका हिमबहादुर भण्डारीलाई कांग्रेसले सर्वसम्मत छनोट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई नै पुनः उम्मेदवार छनोट गरिएको छ ।

रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुनः कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा हुनुहुन्छ । कांग्रेसबाट वडा नं ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा नं ६ का वडाअध्यक्ष एवं कांग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्यासी हुनुहुन्छ । 

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदरवार बन्न दौडधुपमा हुनुहुन्छ । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुन ः गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा हुनुहुन्छ । पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समितिहुँदै जिल्ला कार्यसमितिमा आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।

जिल्लामा मङ्गोल नेशनल अर्गनाइजेशनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ । रघुगङ्गा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

10 Apr 2022 , 5:18pm
हाम्रो आवाज