नेपाली समय:

वि.सं २०८१ बैशाख २४   सोमवार

NepaliNP
दुर्घटनामा ज्यान गुमाएका आफन्तद्वारा नेपालगन्जमा धर्ना

बैशाख १, बाँके । नेपालगन्ज गत आइतवार सवारी दुर्घटनामा परी ज्यान गुमाएका बाँके नेपालगञ्ज ११ का ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कसिम इद्रिसी र ५ वर्षीय अलि अन्सारीको आफन्तद्वारा आज नेपालगन्जको बीपी चोकमा आगो बालेर प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके तथा तथा ट्राफिक प्रहरी कार्यालय बाँकेको विरुद्दमा नाराबाजी गर्दै मृतकका आफन्तजन तथा स्थानीय बासीहरूले व्यापक प्रदर्शन गरेका छन ।

सवारी चालकले अत्यधिक मात्रामा मदिरा सेवन गरेर सवारी हाँकेकोले सो दुर्घटना भएको मृतकका आफन्तले बताएका छन ।बाँके प्रहरीको लापरवाही र ट्राफिक प्रहरीको निकम्मापनले उक्त दुर्घटना भएको स्थानीयले बताएका छन ।

सामान्य रिक्सा चालकहरू माथि सबै नीतिनियमहरू थुपार्ने तथा उनीहरुलाई हपकाएर असुली गर्ने काममा सक्रिय ट्राफिक प्रहरी बाँकेले चारपाँग्रे सवारी साधन भएका धनीमानी व्यक्तिहरू माथि कुनै नीतिनियंम लागू गर्न नसक्ने भएकोले यो दुर्घटना भएको प्रदर्शनमा सहभागी स्थानीयले बताएका छन ।

आक्रोशित मृतकका आफन्तहरूले हत्यारालाई फांसीको माग गर्दै व्यापक प्रदर्शन गरेका छन । 

14 Apr 2022 , 12:36pm
असलम खान