नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
घरेलु हिंसा मुद्दामा सजाय पाएका फरार ४ जना बाँके प्रहरीद्वारा पक्राउ

बैशाख  २, बाँके । घरेलु हिंसा मुद्दामा सजाय पाएका तर हाल सम्म फरार रहेका ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ बस्ने वर्ष १९ को ईरफान कवडिया, बर्ष ५० को राजु कवडिया, बर्ष २८ को असफाक कवडिया र बर्ष २५ को सहजाद कवडिया रहेका छन ।

घरेलु हिंसा मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको २०७८ पुस २७ गतेको फैसलाले ३ महिना कैद सजाय पाएका तर हालसम्म फरार रहदै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो बाँके प्रहरीले जानकारी दिएको छ।

15 Apr 2022 , 3:58pm
हाम्रो आवाज