नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
रुपन्देहीमा काँग्रेसका सभापतिसहित ३० जनाले पार्टी छोडे

बैशाख १३, हेटौंडा । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै काँग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेपाली काँग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । काँग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।

उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् । ​गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ । 

26 Apr 2022 , 1:06pm
हाम्रो आवाज