नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
रसुवामा विरोध नभईकन पाँचजना मनोनयन दर्ता

बैशाख १४, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि रसुवामा ११ र १२ भएको मनोनयन दर्तामा पाँचजना विरोध नभईकन चयन भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५,कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको  वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर २ मा नेपाली कांग्रेसकी दिलमायाँ विक,वडा ४बाट  माओवादी केन्द्रकी गममायाँ विक,  कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका  ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसकी कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

 

27 Apr 2022 , 5:21pm
हाम्रो आवाज