नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
बजारबाट वाणिज्य विभागले गर्‍यो प्रतिबन्धित ६५ क्यान इनर्जी ड्रिङ्स बरामद

बैशाख १६, काठमाडौं । नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री-वितरण भइरहेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बालाजु-बसपार्क क्षेत्रबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो। 

क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजारबाट बरामद गरेको हो। 

काठमाडौं महानगरपालिकामा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट सो परिमाणको रेडबुल बरामद गरेको विभागले जानकारी दिएको छ। 

विभागको प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए। 

नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री-वितरण भइरहेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बालाजु-बसपार्क क्षेत्रबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो। 

क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजारबाट बरामद गरेको हो। 

काठमाडौं महानगरपालिकामा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट सो परिमाणको रेडबुल बरामद गरेको विभागले जानकारी दिएको छ। 

विभागको प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए। 

‘व्यापारीसँग खरिद गरेको बिल छैन। लामो दुरीका गाडीले ल्याएर छोडिदिएको भन्छन्,’ उनले भने। 

यसरी आयात प्रतिबन्ध भएको रेडबुल बजारमा खुलेआम बिक्री-वितरण भएको पहिलो पटक भने होइन। यसअघि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको थियो। 

29 Apr 2022 , 4:34pm
हाम्रो आवाज