नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

बैशाख २२, काठमाडौं । लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ ।  देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए । 

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो ।  उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ । 

5 May 2022 , 2:39pm
हाम्रो आवाज