नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
खुकुरी प्रहार गरेर बुवा र आमाको हत्या

बैशाख २३, काठमाडौं । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा आमा र बुवालाई छोराले हत्या गरेका छन् । बिहीबार साँझ ५ बजेतिर ७० वर्षीय बिर्खबहादुर लिम्बु र ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहारबाट हत्या भएको थियो ।

मदिरा पिएर फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा घर भएका मृतकका छोरा २५ वर्षीय आइतराज लिम्बुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ताप्लेजुङका डिएसपी कैलाश राईले हाम्राे आवाजलाई बताए ।

आइतबार लिम्बुलाई प्रहरीले हत्यामा प्रयोग गरेको खुकुरीसहित पक्राउ गरेको छ । 
 
 

6 May 2022 , 12:10pm
हाम्रो आवाज