नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप

बैशाख ३०, दैलेख । दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच  झडप भएको हो ।

काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।

काँग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ । अहिले मतपिटेकाहरू सुरक्षित स्थानमा राखेर मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

13 May 2022 , 2:32pm
हाम्रो आवाज