नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

सप्तरी, ६ जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । 
    
सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुत्नुभएका उहाँको निधन भएको बताइएको छ ।  
    
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो । उहाँले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याउनुभएको थियो । सदस्यमा उहाँसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए । 
 

20 May 2022 , 12:17pm
हाम्रो आवाज