नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

काठमाडौँ, जेठ ६ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ ।  आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।

20 May 2022 , 12:29pm
हाम्रो आवाज