नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
नेपालगन्ज उपमहानगरपालिका का सम्पुर्ण विद्यालयहरु भोली २७ गते देखि ३१ गते सम्म का लागि बन्द गर्ने आदेश

जेठ -२६

 

बाँके -नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरु भोली २७ गते देखि ३१ गते सम्म ५ दिन का लागि बन्द गर्ने आदेश भएको छ ।

 

नेपालगन्ज उपमहानगरपालिका द्वारा बाँके मा बढ्दै गएको अत्याधिक गर्मी ले  पठन पाठनमा पर्न गएको प्रभावलाई मध्य नजर गर्दै भोली २७ गते शुक्रबार देखी ३१ गते मंगलबार सम्म नेपालगन्ज मा रहेका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु लगायत सम्पुर्ण विद्यालय बन्द रहने आदेश सहित सुचना प्रकाशित गरी जानकारी गराइएको छ ।

 

बाँके मा केहि दिन देखि बढी रहेको अत्यधिक गर्मी ले जनजीवन कष्ठकर बनेको छ ।

9 Jun 2022 , 7:23pm
हाम्रो आवाज