नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
नेपालगन्ज को जमुनाहा नाकाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

जेठ -२६

 

बाँके को जमुनाहा नाका नेपालगञ्ज बाट आज ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके को जानकी गाउँपालिका २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही रहेका छन् ।

लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले शंका को आधार मा चेक गर्दा ४ सय ५० मिलिग्राम ब्राउन सुगर सहित चारै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालयबाँके मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

9 Jun 2022 , 7:31pm
हाम्रो आवाज