नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कारबाही गरिने : बाँके प्रहरी

जेठ ३०, नेपालगन्ज । सामाजिक सञ्जाल मार्फत बिभिन्न किसिमका लेख रचनाबाट धार्मिक सहिष्णुतालाई खलल पुरयाउने व्यक्ति तर्फ बाँके प्रहरीको ध्यानाकर्षण भएको छ।

धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुरयाउने लेख रचना व्यंग्यात्मक चित्र जस्ता गतिविधिहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ ।

साथै कसैले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुरयाउने कुनै प्रकारको लेख रचना व्यग्यात्मक चित्रण जस्ता गतिबिधि सामाजिक सञ्जालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता दफा १५६ को उपदफा (२) १ बमोजिम २ वर्ष कैद र २० हजार रुपैया जरिवाना हुने जानकारी समेत दिइएको छ ।

 

13 Jun 2022 , 4:20pm
हाम्रो आवाज