नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

बेरुत, ६ असार (एएफपी) । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।

इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन समूहले जनाएको छ।
 

20 Jun 2022 , 4:08pm
हाम्रो आवाज