नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
रवि लामिछानेको पार्टीका सात विशेषता यस्ता छन्

काठमाडौँ, ७ असार । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।  उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।  


 यस्ता छन् सात व्यवस्थाः
१) प्राइमेरी निर्वाचन हुने
२) युवालाई ५० प्रतिशत एकको व्यवस्था
३) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४) राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५) डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने 
६) परिवारवादलाई पूर्ण रूपमा निषेध
७) भ्रातृसंगठन र कार्यकर्तारहित​
 

21 Jun 2022 , 5:11pm
हाम्रो आवाज