नेपाली समय:

वि.सं २०८१ जेठ ६   आइतबार

NepaliNP
धनगढीमा युवा महोत्सव सुरु

गोदावरी, १३ असार । कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।  

सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् । यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ ।

महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिकालगायतका विषयमा जानकारहरुबाट प्रस्तुति एवं प्रशिक्षण दिइने बताइएको छ । यस महोत्सवमा विभिन्न क्षेत्र र विषयका गरी करिब ३०० जना युवाको सहभागिता रहेको जनाइएको छ । 
 

27 Jun 2022 , 5:03pm
हाम्रो आवाज