नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
१ हजारबाट उकालो लाग्यो कोरोना संक्रमितको संख्या, २ को मृत्यु

काठमाडौँ, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।

9 Aug 2022 , 4:53pm
हाम्रो आवाज