नेपाली समय:

वि.सं २०८१ बैशाख २४   सोमवार

NepaliNP
उपभोक्तालाई स्वदेशमै सामाग्री खरिद गर्न नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आग्रह

असोज ९, बाँके । चाडपर्वको बेला सीमा पारी रुपईडीहा बजार गएर नेपाली उपभोक्ताले सरसमान किनमेल गर्न थालेपछि नेपालगन्ज का व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाकामा बिरोध गरेका हुन् ।

चाडपर्व नजिकै आइपुगे पनि नेपालगन्जमा खासै व्यवसाय नभएपछि नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीहरू जमुनाहा नाकामै पुगेर नेपाली उपभोक्तासँग उताबाट खरिदारी नगर्न आग्रह गरेको सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताएका छन ।

सिमापारि जानेको भीड बढिरहेको बेला नेपालगन्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमै सामान खरिद गर्न आग्रह गरेका छन् । व्यापारीहरूले शनिवार नाकामा पुगेर स्वदेशमै सामान खरिद गरौँ’ भन्ने पर्चा समेत वितरण गरेका छन ।

25 Sep 2022 , 4:54pm
हाम्रो आवाज