नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
दसैँमा मजदूर घर गए, मुग्लिन–पोखरा सडक विस्तार रोकियो

दमौली, २० असोज । दसैँ बिदाका कारण मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा काम रोकिएको छ । सडकखण्ड विस्तार योजनाका लागि खटिएका कामदार दसैँ बिदाका कारण घर गएकाले काम रोकिएको हो । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार फूलपातीदेखि मजदुरलाई बिदा दिइएको छ । “दसैँ  अवधिभर सडक विस्तारको काम हुँदैन, कामदार फर्किएपछि सम्भवत पूर्णिमापछि कामलाई पुनः सञ्चालन गरिनेछ,” सुवेदीले भन्नुभयो । सडक विस्तार योजनाको काम ढिला भएकाले अब तीव्र गतिमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।  

दसैँमा सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्नका लागि साना–साना खाल्डाखुल्डी मर्मतको काम गरिएको उहाँले बताउनुभयो । यद्यपि, अन्तिम समयसम्म काम भएका ठाउँका ठूला खाल्डा भने मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरेर काम गरिएको छ । 

पूर्वी खण्ड अन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । मुग्लिन पोखरा सडक योजना ९पूर्वी० खण्डमा हालसम्म तनि दशमलव ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो । 


योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८÷७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ । 
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । 

6 Oct 2022 , 2:59pm
हाम्रो आवाज