नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
‘अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

खोटाङ, २४ पुस । ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब ९डिएफसी०लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।

यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो ।

उपाधि विजेता नेर्पाले नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाले नगद रु २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक ९डिएफसी०का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स ९डिएफसी०कै टेकेन रानामगर,  उत्कृष्ट मिडफिल्डर ९डिएफसी०का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भूषण ताम्राकार घोषित भएका छन् ।

यस्तै सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, खेलभरिकै उत्कृष्ट खेलाडी ९डिएफसी०का मनिष लिम्बू, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि ९डिएफसी०लाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी ९केएफए०को सहआयोजनामा पुस १७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुङ्गा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो । 

माउण्ट एभरेष्ट स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको विसं २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउण्ट एभरेष्ट स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ ।

प्रथम संस्करणमा रु एक लाख ११ हजार एक सय ११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई संस्करण गोल्डकपको रूपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यस पटकबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको मूल आयोजक समितिका संयोजक सागर जोशीले बताउनुभयो । अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शुभारम्भ तथा समापन कार्यक्रममा हालै निधन भएका ब्राजिली फुटबलर पेलेप्रति सम्मानस्वरुप भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

8 Jan 2023 , 7:28am
हाम्रो आवाज