नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम, ३० पुस । मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । 

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ । सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा नेकपा ९एमाले० र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ ।
 

14 Jan 2023 , 1:41pm
हाम्रो आवाज