नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
बाँकेमा दादुराबाट अधिकांश भन्दा बढी वडा प्रभावित 

माघ ४, नेपालगन्ज । बाँकेमा दादुराबाट अधिकांश भन्दा बढी वडा प्रभावित भएका छन् ।पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् ।

१५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्रभावित भएको नरैनापुरमा १३ जना, २ वटा वडा प्रभावित भएको कोहलपुरमा २ जना र एउटा मात्र वडा प्रभावित भएको खजुरामा ३ जनालाई दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दादुरा बाट हालसम्म एक जनाको मृत्यु भएको छ । 

18 Jan 2023 , 6:05pm
हाम्रो आवाज