नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए ।

23 Jan 2023 , 1:33pm
हाम्रो आवाज