नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

NepaliNP
पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १० माघ। नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली(एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।

24 Jan 2023 , 3:22pm
हाम्रो आवाज