नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
सातामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, १४ माघ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ ।

यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्‍यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकै दिन एक हजार रुपैयाँ प्रतितोला बढेको थियो । यसका साथै, बुधबार तोलामा १०० ले घटे पनि बिहीबार ७०० ले बढ्दै हालसम्मकै उच्च मूल्य कायम गरेको थियो । जुन, शुक्रबार ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यो साता चाँदीको मूल्य समेत सामान्य वृद्धि देखिएको छ । सातामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको थियो ।


 

28 Jan 2023 , 12:03pm
हाम्रो आवाज