नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
पहिराले च्यापिएर मृत्यु

सिन्धुली, २ चैत । सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् । पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

16 Mar 2023 , 7:12pm
हाम्रो आवाज