नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

NepaliNP
बैतडीको दोगडाकेदारमा एक युवकको शव फेला

३ वैशाख, बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए ।

खत्रीकाअनुसार जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ ।

16 Apr 2023 , 8:25am
हाम्रो आवाज