नेपाली समय:

वि.सं २०८१ बैशाख २५   मंगलवार

NepaliNP
२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए

वैशाख ३१, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । 

 पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।   

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन् भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

14 May 2023 , 5:54pm
हाम्रो आवाज