नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बन्दै

जेठ- १०, बाँके । केही समय देखि बढ्दै गएको लागूऔषधको ओसारपसार र सेवन ले डरलाग्दो परिस्थिति सिर्जना गरेको भन्दै सरोकार वालाहरू ले चिन्ता व्यक्त गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले आज आयोजना गरेको 'लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि सरोकारवालाहरुको गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ।

कार्यशाला गोष्ठीमा उपस्थित सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै विचार प्रस्तुत गरेका छन्।

कार्यशाला गोष्ठीमा उपस्थित सहभागीहरु मध्य उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश केशवराज जोशीले उक्त कार्यशाला गोष्ठीले लागूऔषध रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका छन् । 

24 May 2023 , 3:30pm
हाम्रो आवाज