नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

असार १८, काठमाडौँ । सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।

कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । 
 

3 Jul 2023 , 1:03pm
हाम्रो आवाज