
रौतहट १ साउन। रौतहटमा एकवर्षमा १६ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना महिला रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
जिल्लाको बागमती र लालबकैया नदीसँगै साना नदी तथा पोखरीमा डुबेर १६ जनाको मृत्यु भएको हो । आइतबार मात्र जिल्लाको कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदिमा नुहाउन गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको थियो ।