नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
औषधि लिमिटेडको महाप्रबन्धमा पनेरु नियुक्त

भदौ १३, काठमाडौँ(रासस)। सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।

मंगलबार  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले पनेरुलाई महाप्रबन्धमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले औषधि लिमिटेडको महाप्रबन्धमा पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको जानकारी दिइन् । 

30 Aug 2023 , 8:09am
हाम्रो आवाज