नेपाली समय:

वि.सं २०८१ माघ १८   शुक्रवार

NepaliNP
भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प

भदौ १५, काठमाण्डौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ बजेर ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

1 Sep 2023 , 7:59am
हाम्रो आवाज