
भदौ १७, बाँके । जङ्गली जनावर चित्तलको मासु सहित बाँकेमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको राप्तीपारीबाट भे १ ह ३९०८ न. को अटोरिक्सा मा ल्याउन लागेको करिब ३० किलो मासु सहित सो राप्तिसोनारी ६ का अटो चालक २४ वर्षिय हरि परियार लाई खानतलासी गर्ने क्रममा चित्तलको मासु सहित पक्राउ गरिएको बाँके प्रहरी ले बताएको छ।
आवश्यक कारबाही का लागि बरामद भएको मासु, अटो चालक र अटोलाई डिभिजन वन कार्यालय बाँके मा पुर्याइएको प्रहरीले जनाएको छ।