
भदौ १९, बाँके । नेपाल प्रेस युनियन बाँके शाखाले महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर तीज खोजमूलक स्टोरी लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ।
बाँकेमा रहेका महिला पत्रकारहरूलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने माहिलालाई पुरस्कृत गर्ने प्रेस युनियन बाँके शाखाले जनाएको छ।