नेपाली समय:

वि.सं २०८२ साउन १   बुधवार

NepaliNP
सदरखोर  डिल्लीबजारबाट छोरा आभुसणको जन्मदिनमा रेशमले यसरी सम्झिँदै कविता लेखे छोराको लागि

रेशम चौधरी

पुष १६, छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ ।
एकदिन संयोग पनि यस्तै प¥यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु, अनि उसको साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । ऊ बालक न हो, अनि रञ्जितालाई पनि यो साइकल अब बन्छ, बन्दैन भन्ने थाहा हुने पनि कुरै भएन । उनले अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरालाई सुनाइदिइछिन् । अब मेरो साइकल बन्दैन भन्ने पीरमा छोरो रुन थाल्यो । छोराको रुवाइसँगै उनले आफूले कुरा गरिरहेको मोबाइल छोरालाई दिइन् । मैले के भयो छोरा ? भनेर फकाउँदै सोधें । छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहि“दैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो ।

बाउ, मेरो साइकल खोइ ? मैले छोराको मायालु धम्कीपूर्ण भाषा यसरी सुन्दै गएँ भोलि भोलि भन्दै टार्दै गएँ मसँग पैसा भए पो साइकल किनिदिनु !

त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । फेरि छोराको उस्तै धम्की सुन्छु म – ए बाउ, मेरो साइकल खोइ ? मैले छोराको मायालु धम्कीपूर्ण भाषा यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु त ! कहिलेकाहि“ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक आफ्नो छोरासँग झूठो बोलिरहनुको पीडाको बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई ।
झूठको पनि सीमा हुन्छ । त्यसैले आजभोलि त उसले पनि पत्याउन छाड्यो क्या’रे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ए बाउ, खोइ मेरो साइकल ? भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई । टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ? दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा–छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक केही नभएको मेरो पीडाको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्या’रे ! सम्झेर मन त्यसै त्यसै भक्कानिन्छ । फोन राखेपछि ढोका लगाएर क्वाँ क्वाँ धित मरुञ्जेल रुन्छु । मुखमा हाँसो सिद्धिएको धेरै भो । आजभोलि आँशु नै साथी, आँशु नै सहारा छ ।
छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाण्डौमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै मलाई फोन गर्न मन लागेन तर साथीको भोलि कहिल्यै आएन । मेरो एकजना निकटको मित्रलाई गुहारें अनि दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि भन्नुभयो । भोलिपल्ट दिउँसो मोबाइलमा साथीलाई अनलाइनमा देखें । हेलो भनेर च्याट गर्न खोजें, तर उसले लाइन अफ ग¥यो ।
आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । सायद उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । मेरो जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिताको साथ छ । रञ्जिता छोरीजस्तै – बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो
होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं ।
रञ्जितालाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, छोराको नाथे साइकल फर्माइस पूरा गर्न नसक्नेले श्रीमतीको आवश्यकता कसरी पूरा गर्नु र ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियोको कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर .....
राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ?

 

आभू तिम्रो जन्मदिनमा

तिमी आएपछि संसार उज्यालो भयो
रात बिलायर गयो
सूर्य उडाएर आयो
बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा
आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले
जग गुञ्जायमान भएर आयो
हामी मुस्कुरियौ“ तिम्रो बालसुलभ रुवाइमा
कोख साटासाट गर्दै
काखमा तिमी खिलेको क्षण
स्वप्न स्वप्न झै“ रहेन
स्वर्गानुभूतिको रस्स्वादनमा
हामीले भरपूर रसपान ग¥यौं – आभू, तिम्रो जन्मदिनमा

नरुच्ने केही थिएनन्
नपच्ने केही थिएनन्
अमृतझै“ मानेर घुटुघुटु दूध पिउँथ्यौ तिमी
पिठो होस कि लिटो
कपाकप कुपुकुपु खान्थ्यौ तिमी
सन्तोषले सातु खाएर होला
तिमी मोटु बनेर गोलु कहलियौ
बडेमान अजीव अजङ्गको गोलुलाई
तिम्री आमाले गुन्द्रीमा बसाइदि“दा
तिमी ढुनमुन्न भै पछारिन्थ्यौ
पछारि“दा पनि नरुने गोलु देखेर
हामी पेट मिचिमिचि हाँस्थ्यौ“
आज जेलको एकान्तले
यही सम्झिरहेछुँ – आभू, तिम्रो जन्मदिनमा

हामी जन्मिदा जन्मदिन मनाउने चलन थिएन
केक त कलेज पढ्दा मात्रै खाइएको हो
तर तिम्रो जन्मदिन
हाम्रा लागि हर साल उत्सव बनेर आउँछ
एकदिनको भएपनि पर्व बनेर आउँछ
संयोग यस्तै भो एकवर्ष
तिमी दुईसालको थियौ क्या रे !
फूलवारी महोत्सवको उमङ्गमा
कलाकार बाटिकाभित्र
बरिष्ठ कालकार नीर शाह, कवि राजेन्द्र थापा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी
महानायक राजेश हमाल, नायक आर्यन सिग्देलको बीचमा
तिम्रो जन्मदिनको केक काट्ने सुरसार गर्दैथियौ“ हामी
रन्जिता र म आतिथ्यका लागि कतै अलमलिएको बेला
मैनबत्ती नबुताई, तारतम्यै नगरी
अगाडि राखेको केक बाल अन्जानले तिमी कपाकप खाइदिँदा
मज्जाले हाँसेका थियौ“ हामी
आज त्यही सम्झेर डिल्लीबजार जेलमा
खितखितिइ रहेको छुँ म – आभू, तिम्रो जन्मदिनमा

एक विहानी मर्निङ वाकमा
टीकापुरको खड्ग चोकमा अचानक ढल्यौ तिमी
श्रावणको महिना झरिले हिलाम्यै बाटोमा लड्दा
सकि नसकि समिपको अस्पताल पु¥याएँ तिमीलाई
डाक्टरको प्रतिकृया आयो
जत्ति छिटो नेपालगञ्ज लैजाउ
आमाको कोखमा छटपटाउँदै
तिमीले फुस्रो आँखा लगाउँदा
हामी बाटोभरी डाँको छोडी–छोडी रोयौ“
कुल देवता, इष्ट देवता, भएभरका देवता पुका¥यौ“
त्यस भयड्ढर दिन
दैवले पनि भयड्ढरै परीक्षा लियो, हामीसँग
श्रावणको भेलले बर्दिया राष्ट्रिय निकुञ्ज भेलमय थियो
त्यो भेलको भङ्गालोमा
तिमीलाई कोखमा बोकेर तार्ने शक्ति कहाँबाट आयो कुन्नी ?
ईश्वरको भरोसामा अस्पताल पु¥याउँदा
एक इन्जेक्सनले तिमी तङ्ग्रिएको सम्झिँदा
आजपनि सिरक गुटुमुटु पारेर भक्कानिन्छु – आभू, तिम्रो जन्मदिनमा

समयको हुण्डहरुले झेल ग¥यो
तिमी काठमाण्डौं रह्यौ, म प्रवासमा लागे“
तिम्रो मागका अगाडि नतमस्तक हुने मेरो बानी
थाहा भएरै यतैबाट एकदिन
आफ्नो जन्मदिनको फर्माइसमा साइकल माग्यौ
प्रवासमा पनि तिम्रो वचन मैले कसरी टार्न सक्थे“ र ?
थाहा छ आभू ?
तिम्रो त्यो साइकल उपहार प्राप्तिका लागि
मैले कति गुहारे“ ?
कति साथीसँग हातपाउ जोडे“ ?
अन्ततः त्यो पुकार पनि मेरा दयालु मित्रले सुने
र तिम्ले साइकल पायौ
जन्मदिनको उपहारमा पाएको साइकल कुदाएको भिडियो पठाउँदा
दिल्लीमा म कति भावुक भएँ – आभू, तिम्रो जन्मदिनमा

आज म निर्दोष भएपनि सदरखोरमा छुँ
तिमी कहिलेकाही“ आउँछौ
बाबा ! घर जाउँ भन्छौ
म जेललाई होष्टल भनेर ढाँट्छु
पढाइ सिद्धियो भने आउँछु, भन्छु
कहिलेकाही“ त बाबासँगै सुत्छु भन्छौ
फकाइ फुल्याइ पठाउँछु
पठाएपछि तिम्रा ममत्वले कत्ति छाती चिरिन्छ, थाहा छ ?
जेलको जीवन न हो
न डाँको छोडेर रुन सक्छुँ
न हात समाएर तिमीसँग हिड्न सक्छुँ
आखिर एक बाउ न हुँ
ईश्वरसँग सदासर्वदा एउटै प्रार्थना गर्छु“
प्रभु ! दशरथ भएर मर्न नपरोस्
यसपालीको तिम्रो जन्मदिनमा पनि
ताली बजाउन पाइन
हेप्पी बर्थ डे आभू भन्न पाइन
पुस्तक बेचेको पैसा थोरै सँगालेर पठाइदिएको छुँ
उपहार आफै किन्नु छोरा – आभू, तिम्रो जन्मदिनमा

आशीर्वाद

सदा कुशल, सक्षम रहनु धर्तीमा जुनी रहेसम्म
इच्छाएका मनोकामना पूरा होस् आफूले सधैं चिताएसम्म
दुबो झै“ जीवन होस् बेली झै“ सुगन्ध फैलोस्
जन्मदिनको शुभकामना आभूषण तिमीलाई
म, मेरो जुनी यस जगमा रहेसम्म !
शुभकामनाका लावा बनुन् मेरा यी अक्षर – आभू, तिम्रो जन्मदिनमा
सुख शान्ति समृद्धिको सदा आगमन होस् – आभू, तिम्रो जन्मदिनमा !!

 

 

 

 

1 Jan 2020 , 8:00am
उर्मिला गम्वा थारु