नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
कोशी प्रदेश : मुख्यमन्त्रीले शपथ लिँदै

असोज २८, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।  शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

शनिबार नै एमालेसँग भएको छलफलमा १र१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ । यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले पनि आफ्नो दलको उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए ।

'यस विषयमा काठमाडौँबाट मुख्यमन्त्री फर्किएपछि थप छलफल हुन्छ,' उनले भने ।

15 Oct 2023 , 11:24am
हाम्रो आवाज