![चाडपर्व लक्षित बाँके प्रहरीको कडा सुरक्षा व्यवस्था](https://hamroawaz.com/storage/public/photos/3/Screenshot_2023-10-22-15-38-42-39_e307a3f9df9f380ebaf106e1dc980bb6.jpg)
कार्तिक- ५, बाँके । बाँकेमा चाडपर्वलाई लक्षित गर्दै बाँकेको नेपालगजमा सुरक्षा व्यवस्था कडा पारिएको छ जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा ड्रोन मार्फत सुरक्षा संयन्त्रलाई प्रभावकारी ढ्ङ्बाट कार्यान्यवनमा ल्याइएको हो ।
चाडपर्वको बेलामा सम्भावित हुनसक्ने अपराधिक क्रियाकलाप र असुरक्षालाई लक्षित गर्दै बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
बाँके प्रहरीले नेपालगजमा ड्रोनबाट सुरक्षा अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिएका छन् ।