
कार्तिक २३, बाँके । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्रतिबन्धित करिब ३५० लिटर खाने तेल नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ।
भारत बाट भित्र्याइएको प्रतिबन्धित तेल भन्सार सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई स्थानिय जन प्रतिनिधी, सरोकारवाला निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र संचारकर्मीहरुको कर्मीहरुको उपस्थितिमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाएका छन् ।