
कार्तिक -२८, नेपालगन्ज । बाँके प्रहरीले तिहारमा निषेधित वस्तु विक्रीवितरण नियन्त्रण गर्न सक्रियताका साथ लागिपरेको छ ।
बाँकेको नेपालगंज उ.म.न.पा.एरिया तथा खजुरा गाउँपालिका का विभिन्न क्षेत्र बाट करिब १,५०,०००।- (एक लाख पचास हजार) बराबरको अबैध रुपमा बिक्रि वितरण भैरहेको प्लास्टिकका मालाहरु नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।
यसका साथै नेपालगंज उप-महानगपालिकाको बिभिन्न स्थान र खजुरा गउपालिकाको विभिन्न क्षेत्रमा अवैध रूपमा बिक्री हुँदै गरेको निषेधित विभिन्न प्रकार का पटका तथा आतिसबाजि बिस्फोटक पदार्थहरू नियन्त्रणमा लिई नष्ट गरी सकेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी "नारायण डाँगीले" जानकारी गराएका छन् ।