नेपाली समय:

वि.सं २०८१ जेठ २   बुधवार

NepaliNP
राझा क्षेत्रको विद्युत लाईन आज दिनभर अवरुद्ध हुने

माघ २०, बाँके । आज शनिबार नेपालगंजमा रहेको कुसुम पेट्रोल पम्प देखि बिपि चोक सम्मको विद्युत लाईन दिनभरी अनियमित रूपमा बन्द रहने जनाइएको छ।

नेपालगंज वितरण केन्द्रका अनुसार सो क्षेत्रमा ११  केभी लाईनको कन्डक्टर अपग्रेड गर्ने कार्य सुरू गरिएकोले हाईवे पश्चिम तर्फ र राझा चोक नजिक ३३ केभी लाईन निर्माण कार्य हुने भएकोले एयरर्पोर्ट फिडर र कोहलपुरको राझा फिडरको राझा चोक आसपासका क्षेत्रमा र जि.प्र.का पश्चिम सेन्ट थोमस स्कुल एरियामा एल टि कन्डक्टर अपग्रेड कार्यको लागि सो क्षेत्रको   बिधुत अनुमानित ११:०० बजे देखि साझ ५ बजे सम्म अनियमित रूपमा बन्द रहने जनाइएको छ।

यसका साथै तोकिएको समय अगाबै कार्य सकिएमा लाईन पुन:चालू हुने छ जानकारी गराएको छ।

3 Feb 2024 , 1:45pm
हाम्रो आवाज