नेपाली समय:

वि.सं २०८१ जेठ १   मंगलवार

NepaliNP
क्लिन नेपालगंज ग्रिन नेपालगंज' द्वारा सरस्वती मन्दिर आसपास क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

फागुन १, बाँके । भोलि मनाइने सरस्वती पूजाको लागि क्लिन नेपालगज ग्रिन नेपालगन्ज लगायत टोलीले सरस्वती मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

भोलि फागुन २ गते श्रीपञ्चमी अथवा सरस्वती पुजा लाई मध्य नजर गर्दै सरस्वती मन्दिर र मन्दिर आसपास क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जले जनाएको छ।

सरस्वती पूजाका दिन मन्दिरमा पुजाआजा गर्न हिन्दु धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहने गरेकोले सफासुग्घर वातावरणमा पुजापाठ कार्य सम्पन्न गर्न गराउन क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको टिम , सरस्वती मन्दिर व्यवस्थापन समितिका युवाहरु र संस्कार पुनःस्थापन केन्द्रका युवाहरुको टोलीले सरसफाइ सम्पन्न गरेको जनाइएको छ।

13 Feb 2024 , 2:16pm
हाम्रो आवाज